Donate for Good Cause

एन्जिला, नविन र अलमोडाको “दिलको भित्तैमा” कार्टुन क्रुजको प्रस्तुति भाइरल बन्दै

धेरैले रुचाइएका गायक र गायिका अलमोडा राना उप्रेती, नविन रावल र एन्जिला रेग्मीको स्वरमा रिलिज भएको भिडियोमा कार्टुन क्रुजको प्रस्तुति भएसँगै भाइरल बन्दै गएको छ। सात दिनमै १५ लाख अर्थात १.५ मिलियन भ्युज बनाउन सफल भइ भाइरल बनिरहेको छ।

यी तीन युवा गायक गायिका र युवा पुस्ताहरुले धेरै नै रुचाइएका नृत्यका पारखी कार्टुन क्रुजको संलग्नमा तयार भएको यस भिडियोले अहिले तहल्का नै मच्चाइरहेको छ। कलेज लाईफमा हुने रोचक दृष्यहरु समेटिएको यो भिडियोमा आश्मा विश्वकर्मा र सरोज अधिकारीको लभ सिक्वेन्स पनि हेर्न लायकको छ । स्वयं गायक समेत रहेका नविन रावलकै संगितमा तयार गितलाई मिलन विष्टले लेखेका हुन । रमाईला शब्दहरु लेख्न माहिर गितकार मिलन विष्ट भिडियोमा होस्टेल वार्डनको भुमिकामा समेत देखिएका छन ।

गायक नविन र एन्जिलालाई भिडियोको अन्तिममा शिक्षकको रुपमा रोचक तवरले प्रस्तुत गरिएको छ । नयाँ नयाँ क्रियशन गर्दै भिडियोलाई मसालेदार बनाउने डान्स ग्रुपको रुपमा चिनिएको कार्टुन्ज क्रु को यो भिडियोलाई सार्वजानिक भएको केही समयमै हजारौ राम्रा राम्रा लाईक र कमेन्टहरु प्राप्त भैरहेका छन ।

काठमाडौ मोडल कलेजमा सुटिङ्ग गरिएको यस भिडियोमा रामेश्वर कार्कीको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन रहेको छ भने एरेन्ज चर्चित गायक तथा एरेन्जर अल्मोडा राना उप्रेतीनै ले गरेका हुन ।

आउनुस तलको भिडियो हेरौ र कमेन्ट अनि शेयर पनि गरौ र नेपाली गीत संगीतलाइ सदैव माया गरौ

|| Dilko Bhittaima ||
Singer: Almoda Rana Uprety , Anjila Regmi , Nabin Rawal
Lyrics: Milan Bista
Arranger:Almoda Rana Uprety
Music: Nabin Rawal
Mixed & Mastered: Ujjwal Shreryan Mahat
Recordist: Anup Rana Uprety
Recorded on: Kripa Drishyam Studio
Choreography: Saroj & Aashma
Cinematographer: Rameshwor Karki
Drone: Manoj Thapa
Editor & Colourist: Prabin Shrestha
Concept & Direction: Saroj Adhikari
Post:Mokshya Production

Artists : The Cartoonz Crew
Aashma Biswokarma,
Saroj Adhikari,
Lakpa D Lama,
Ram Ghale,
Subin C Adhikari,
Bikash Rai

Featuring Artist : Bipana Thapa, Pranjali Sapkota, Anu Rai, Anjali Syangbo, Manas Shrestha, Pemba Magar, Bidur Thapa

Lights Crew: Ujjan Kumar Bharati, Santosh Urao, Megraj Dhimal
MUA: Bimala Tamang & Mina Nepali
Production manager:Prakash Hamal

Comments