Donate for Good Cause

सदावहार जिन्स

लक्ष्मी गिरी
फेसन डिजाइनर
रिब्लुम फेसन बुटिक

जिन्स कहिल्यै फेसनबाट आउट नहुने आउटफिटमध्ये एक हो । जिन्सको फेब्रिक र डिजाइनमा भने हरेक वर्ष परिवर्तन आएर त्यसले फेसन बजारलाई हरेक वर्ष लिड गरिरहेको हुन्छ । यो वर्ष डे टु डे का लागि जिन्सजस्तो देखिन जिन्स पातलो सफ्ट जिन्स फेसनमा रहनेछ ।

पहिलेको बाक्लो जिन्सको ठाउँमा सफ्ट जिन्स पाइन्ट तथा जिन्स सर्ट रुचाइनेछ । फिटिङभन्दा लुज सर्ट, लामो टिसर्ट पनि उत्तिकै चल्तीमा रहनेछ । टीनएजर्हरुले पनि फिटिङ जिन्सभन्दा लुजप्रती नै रुची देखाउनेछन । जिन्सको साटो लाइक्राका पाइन्ट फेसनमा रहनेछ । ९० को दशकमा लगाइने जिन्स र जिन्सको सर्टको फेसन हावी हुनेछ । जिन्स पाइन्टसङै रक्की जिन्स पाइन्ट जिन्स स्कर्ट, जिन्स वान पिस, जिन्स सर्ट आदी चल्नसक्छन भने प्रिन्टेड एवं धर्के पाइन्टहरु पनि उत्तिकै लोकप्रिय हुनेछन । क्याजुअल वेयरमा ठुलो साइजको ड्रेसमा वेल्ट लगाउने, लेयर रफल ड्रेसहरु भित्रिनेछन ।

यसपटक वटन भएका पहिरन पनि फेसनमा रहनेछन । स्कर्टको माथिदेखी तलसम्म, घाँटीका साइडहरुमा बटन राखिएका पहिरन पनि रुचाइने अनुमान छ । प्रिन्टेड
टिसर्ट पनि टिनएजरहरुले एकदमै रुचाउने सम्भावना छ । यसपटक ठुल्ठुला ब्यागको ठाउँमा चारपाटे स-साना ब्याग महिला तथा युवतीहरुको रोजाइमा रहनेछ

Comments