Donate for Good Cause

मनाङ मस्र्याङ्दीलाई स्तब्ध पार्दै त्रिभूवन आर्मी क्लब खप्तड गोल्डकपको फाइनलमा

साविक विजेता लक्ष्मी हुन्डाई मनाङ् मस्र्याङ्दी क्लबलाई हराएर त्रिभुवन आर्मी क्लब धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मी क्लब मनाङ मस्र्याङ्दीलाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै उपाधि नजिक उभिन पुगेको हो । शनिबार क्षेत्रीय रङ्गशालामा भएको सेमिफाइनल खेलमा आर्मीको जितमा कप्तान भरत खवासले पहिलो हाफको २३ औं, नवयुग श्रेष्ठले ४५ औं र सन्तोष तामाङले दोस्रो हाफको ८८ औं मिनेटमा गोल गरेका । खेलमा नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । पहिलो हाफको नवौं मिनेटमा हेमन गुरुङको गोलमार्फत मनाङ मस्र्याङ्दीले सुरुवाती अग्रता कायम गरे पनि अग्रतालाई धेरै बेरसम्म जोगाउन सकेन । आर्मीले कर्नर किकको फाइदा उठाउँदै पहिलो गोल गरेर खेल बराबरीमा पु¥याउन सफल भयो । सन्तोष तामाङको कर्नर प्रहारलाई कप्तान खवासले गोलमा परिणत गर्न सफल भए । १–० गोलको अन्तर हुँदा दबावमा परेको आर्मीले खेल बराबरीमा उभ्याएपछि लगातार आक्रमक खेल प्रस्तुत गरेको थियो । पहिलो हाफको अन्तिम समयमा नवयुगको गोल मार्फत अग्रता दोब्बर पार्न सफल भएको आर्मीले दोस्रो हाफमा थप एक गोल थप्दै उपाधि होड सुनिश्चित गरेको थियो । खेलमा मनाङ मस्र्याङ्दीले सुरुवाती अग्रता लिए पनि खेलाडीहरुका कडा परिश्रमका कारण उपाधि होडमा पुग्न सफल भएको आर्मीका प्रशिक्षक नविन न्यौपानेले बताए । मनाङ मस्र्याङ्दीका प्रशिक्षक छिरिङ लोप्सनले आयोजकको कमी कमजोरीका कारण आर्मीसंग पराजित हुनु परेको बताए । आर्मीले उपाधि होडको लागि अब आइतवार हुने सेमिफाइनल खेलको विजेताको सामना गर्नु पर्नेछ । फाइनल प्रवेशका लागि आइतवार एपीएफ र आयोजक सुदूरपश्चिम–११ बीच खेल हुने छ । प्रतियोगिताको विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Comments