Donate for Good Cause

बाम गठबन्धन तोड्न सरकारको आयु लम्ब्याइएको एमालेको आरोप

एमाले र माओवादी केन्द्रको पार्टी एकता प्रक्रियाले निरन्तरता पाउन थालेको छ । पार्टी एकता संयोजन समितिको बैठक पछि गठित कार्यदलले समेत प्रतिवेदन तयार पार्ने कामलाई तीब्रता दिएको छ । बाम गठबन्धन फुटाउने सपना नदेख्न एमालेका नेताहरुले चेतावनी समेत दिन थालेका छन् । एमालेका नेताहरुले बाम गठबन्धन फुटाउने षड्यन्त्र पूरा नहुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा एमालेका नेता सुवास नेम्वाङले जतिसुकै षडयन्त्रका वावजुत वाम गठवन्धन नतोडिने दावी गर्नुभएको छ । सरकारको आलोचनामा समय खर्चिनु भएका नेता नेम्वाङले बाम गठबन्धन तुहाउनकै लागि सरकारको आयु लम्ब्याइएको आरोप लगाउनुभयो ।

Comments