Donate for Good Cause

जनकपुर जयननगर रेल मार्ग निमार्णमा कमसल सामग्री प्रयोग

बर्दिबास देखी जनकपुर हुँदै भारतको जयनगरम्मको ब्रोडगेज रेल निमार्णमा कमसल सामाग्री भएको पाइएको छ । ५ अर्ब ४८ करोडको लागतमा सन २०१७ सम्ममा ७४ किलोमिटर मार्ग बनाइ रेल सञ्चालनमा ल्याउने भनीएपनि अहिलेसम्म सञ्चालन त के निमार्णमा नै कमसल सामाग्री प्रयोग गरीरहेको निमार्णमा खटीएका मजदुरहरुले बताएका छन् । रेल मार्ग निमार्णको अनुगमन गर्नु पर्ने रेल्वे विभागले वेवास्ता गर्दा निमार्णको जिम्मा लिएको भारतीय कम्पनी नायक इन्फ्राष्ट्रक्चर प्रालि र नेपाली कम्पनी कालिका रमण जेभिले सम्झौतामा भन्दा कमशल सामाग्री प्रयोग गरीरहेको मजदुरहरुको भनाइ छ । अहिले निमार्ण भैईरहेको रेलको स्टेशन भवन, कर्मचारी आवास, पलेट फर्म, लिक, माटो पुर्ने काम, ब्यांकेटिंग, लिक निर्माण, पर्खाल तथा कलभर्टमा निर्माण सम्झौता विपरित दुई नम्बर ईट्टा र सिमेन्टको मात्र निकै कम रहेको छ ।

Comments