Donate for Good Cause

भद्रपुर नगरपालिकामा निर्माणाधीन सडक विस्तारमा कमसल सामग्रीको प्रयोग

झापा सदरमुकाम भद्रपुर नगरपालिका अन्तर्गत विभिन्न वडामा निर्माणाधीन पक्की नालासहित सडक विस्तार काममा निर्माण व्यवसायीले सरकारी स्टीमेट भन्दा कम गुणस्तरीय काम गरिरहेको फेला परेको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलाम अन्तर्गत फिल्ड कार्यालयले अनुगमन तथा निरीक्षणमा खासै चासो नदेखाउँदा निर्माण कार्य गुणस्तरहीन बनेको हो ।सरकारले ‘सघन शहरी विकास कार्यक्रम’ अन्तर्गत भद्रपुर नगरपालिकालाई दिएको दुई सय करोड योजना अन्तर्गतको नालासहितको सडक विस्तारको काममा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको स्थगलत अनुगमनको क्रममा खुलेको छ । नगरपालिकाको वडाहरुमा सञ्चालन भइरहेको कामको अवस्था तथा गुणस्तरको बिषयमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, इन्जिनियर सहितको संयुक्त अनुगमन टोलीले निरीक्षण गर्दा स्टीमेट भन्दा बाहिर गएर निर्माण कार्य भइरहेको भेटिएको हो । भद्रपुर ५ को निर्माण कार्य स्थल पुगेका अनुगमन टोलीले पीसीसी ढलानमा गुणस्तरहीन काम भएको फेला परेको थियो । भद्रपुर नगरक्षेत्रमा भइरहेको करोडौको योजनामा ठेकेदार कम्पनी र त्यसका पेटी कन्ट्रक्टरले हचुवाको भरमा निर्माण कार्य गरेको पाइएको हो ।

Comments