Donate for Good Cause

बुधवारदेखि नेपाल कुवेतबीच सिधा हवाई उडान शुरु

कुवेतको निजी एयरलाइन्स वातानीय एयरवेजले कुवेत काठमाडौं उडान सुरु गर्ने भएको छ। मसिर २० गते देखि वातानीय एयरवेजले दुई मुलुक बीच सिधा उडान सेवा शुरु गरेको हो ।संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कुवेतको वातानीय एयरलाइन्सलाई उडान अनुमति दिए पछि सो एयरलाइन्सले उडान सेवा शुरु गरेको हो । कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले नेपालसँग सिधा उडान गर्ने बारेमा विमान कम्पनीका पदाधिकारीसँग छलफल गरेको दूतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालसँगको उडान सम्पर्क जोडिँदा दुई देशको सम्वन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र नेपाल आउन चाहने कुवेतीका लागि सहज हुने नेपाली दुतावासले जनाएको छ ।

Comments