Donate for Good Cause

बल्ल आइन बेलायती पर्यटकलाई चिर्पटले खेद्ने नेपाली महिला मिडियामा

काठमाडौँ, २९ कार्तिक । केहि समय अगाडी निक्कै भाइरल बनेको भिडियो ‘नेपाली महिलाले बेलायती पर्यटकलाई खेदिन’ की ति चर्चित होटेल संचालक नेपाली महिला पासाङ्ग गुरुङ्ग अन्तत मिडियामा आएकी छिन। भिडियोमा देखिए अनुसार बेलायती महिला जेम्मा विल्सनलाई उनले ढुंगाले हान्दै खेदेको र दुइ ओटा दाउराको चिर्पटले कुट्न खोजेको देखिन्छ । त्यति मात्र हैन उनले ति बेलायती महिलालाई थुप्रै गालि गलौज पनि गरेको थिइन ।

सोहि भिडियोलाई बेलायतको चर्चित मिडिया डेलीमेलले पनि सिधा फेसबुक पेज मै अपलोड गरी भाइरल बनाए पछी झन् नेपाली पर्यटन क्षेत्रमा भुइचालो गएको थियो र ति महिलाको होटेललाई स्थानीय निकायले १५ दिन सम्म बन्द नै गराएको थियो । यी सबै कुराहरु एकपक्षीय रुपमा बाहिर आएको थियो । तर त्यो भिडियो रेकर्ड हुनु अगाडीको वास्तविक घटना चाहि के थियो त ? किन ति महिलाले त्यसरी ब्रिटिस महिलालाई लखेटिन ?


मिडियामा विभिन्न कुराहरु आए पनि सम्बन्धित महिलाबाट भने प्रत्यक्ष कुनै कुराहरु आएको थिएन । अहिले भने रेस्पोंसिभट्रेक्सका कुन्चोक निमाले ति होटल संचालक महिला पासाङ्ग गुरुङ्गसंग प्रत्यक्ष कुराकानी गरेको भिडियो साझापेजलाई प्राप्त भएको छ । उनले कुराकानीमा भनेका छन – ‘जव चियाको पैसा १५० रुपैया भने ति बेलायति महिलाले पैसा हातमा हैन भुइमा फाली दिइन ।

त्यहाँ सम्म त केहि छैन सहेर बसे तर त्यसपछि ति बेलायती महिलाले होटेलको बोर्डमा गएर फोटो खिच्न थालिन तव मेरो रिस उठ्यो र नखिच भन्दा उल्टै उसले सटअप (चुपलाग) भन्दै गचेड्यो अनि मैले पनि घचेडे, त्यस पछि उसले कम्मरबाट छुरी निकालेर हान्न खोज्यो तव म डराएर दाउराको चिर्पट निकाले तर त्यो दाउराको चिर्पटलाई पनि उसको लौराले हानेर दुइ टुक्रा बनायो अनि त्यहि दुइ टुक्रा चिर्पटले खेदे !

पर्तिर सम्म खेदे पछी फर्किएको थियो तर उसले आफैले मलाई फर्किएर झम्टीयो अनि फेरी मैले अरु बाकी खेद्न थाले र ढुंगाले फिलामा पनि हाने, अहिले त्यो भिडियो बाहिर आए पछी पो थाहा पाए त्यो त उसले मेरो भिडियो बनाउनलाई पो त्यसो गरेको रहेछ’

Comments