Donate for Good Cause

नवलपरासीको बर्दघाट नगरपालिकाका एक बालक चर्पीमा खसी मृत्यु

संजय कुशवाहा नवलपरासी / कार्तिक २८

नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका अन्तर्गत एक बालक चर्पीमा खसेर मृत्यु भएको छ ।
नवलपरासी बर्दघाट नगरपालिका १३ सेमरी बस्ने जोती सुवेदीका छोरा वर्ष २ का दिब्य जोती आज दिउँसो खेल्ने क्रममा चर्पीमा खसेर मृत्यु भएको छ ।बालक आफ्नै घरमा खेल्दा खेल्दै छिमेकी मनोज मुरभरीका चर्पीको ढकन केहि दिन पहिला देखि फुटेको थियो त्यही चर्पीमा बालक खसेर मृत्युु भएको हो

मृत्य बालकलाई पोस्ट मार्टमाको लागि पृथ्वी चन्द जिल्ला अस्पताल परासी पठाईएको ईलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नायब निरीक्षक राम भरोस बनियाले बताउनु भएको हो ।

Comments