Donate for Good Cause

बर्दियामा भारतीय सवारी साधनमाथिको चेकजाँचमा पनि कडाई

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई मध्य नजर गरेर जिल्ला प्रहरी कार्यालय बर्दियाले सुरक्षा कडा बनाएको छ । भारतीय सीमासंग खुला सीमाना भएको बर्दिया जिल्लामा अहिले सुरक्षा चेकजाँचका साथै गस्ती समेत बढाएको छ । निर्वाचनका समयमा हुन सक्ने सम्भावित अनिष्टलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा ब्यवस्था कडा बनाएको हो । बर्दिया जिल्ला भारतीय सीमावर्ती जिल्ला बहाराईचसँग जोडिएको खुला सीमाना भएका कारण सुरक्षा ब्यवस्था कडा पारिएको हो ।

Comments