Donate for Good Cause

निर्माता तथा अभिनेता रमेश उप्रेती, ‘ऐश्वर्य’ सँग जापान जाँदै

नेपालमा भव्य प्रदर्शन गरि सबैको मन जित्न सफल चलचित्र ’ऐश्वर्य’ अब जापानका नेपाली बासीले पनि हेर्न पाउने भएका छन्। नोभेम्बर १९ मा यस चलचित्रको प्रदर्शन मिति तय गरेको उक्त चलचित्रलाइ निर्माता तथा अभिनेता रमेश उप्रेतीले यसै हप्ता जापानमा देखाउने तयारी गरेका छन्।

‘ऐश्वर्य’लाई जापान वासीले नोभेम्बर १९ तारिख आईतवारका दिन टोकियो स्थित नाकानो जेरो हलमा हेर्न पाउनेछँन् । रमेश उप्रेती, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार र केकी अधिकारी अभिनित चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् भने कथा लेखनमा उनलाई सामिप्य तिमिल्सिनाले सघाएका छन् ।

‘ऐश्वर्य’को प्रदर्शन टोकियो पछि तोचिगी, नागोया, फुकुओका लगायत जापानका अन्य मूख्य शहरमा पनि प्रदर्शन हुनेछ । अर्जुन पोखरेलेको संगीत रहेको फिल्ममा समावेश तिमी रोएको पल गीत हिट भैरहेको छ ।

Comments