Donate for Good Cause

स्वास्थ्यसँग कहिल्यै हेलचेक्र्याई गर्दिन : वर्षा सिवाकोटी

वर्षा सिवाकोटी नेपालकी चर्चित अभिनेत्री हुन्। वर्षा अभिनयमा जति धेरै क्रेजी छिन, उति नै आफ्नो स्वास्थ्यप्रति पनि सचेत छिन।

पानी पिउने बानी 

बिहान उठेदेखि साँझसम्म झण्डै चार लिटर पानी पिउने गर्दछु। चिसो पानीभन्दा पनि म तातो बढि पिउने गर्छु। बिहान उठ्नेबित्तिकै एक गिलास पानी पिएपछि मात्रै दिनको सुरुवात गर्छु।

जिम र जुम्बा डान्स 

आजभोली नियमित रुपमा जिम सेन्टर जान थालेकी छु। जिम सेन्टरमा आधा घण्टा जिम र डेढ घण्टा जुम्बा डान्स गर्ने गर्छु। दिनभरि शरीरमा फुर्ति आउँछ, स्वस्थ पनि रहने भएकाले जिम र जुम्बा डान्स नियमित रुपमा गर्दै आएकी छु। हरेक व्यक्ति स्वस्थ रहनका लागि नियमित रुपमा जिम, व्यायाम गर्नुपर्छ जस्तो मलाइ लाग्छ। म सधै बिहान ५ बजे उठ्ने ६ देखि ८ बजेसम्म फिटनेस सेन्टरमा जिम र जुम्बा डान्स गर्ने गर्छु।

खानपानमा होसियार

खाना सादा भए पुग्छ, तर एउटा खुर्सानी, अचारचाहीं अनिवार्य चाहिन्छ। सामान्य दाल, भात, तरकारीसँगै ताजा खाना चाहिन्छ। आजभोली चलचित्रको सुटिङ नभए पनि अभिनेत्री भएकाले मिटिङ परिरहन्छ। घरमा भएका बेलामा खाजाका रुपमा रोटि खाने भए पनि घरबाहिर भएका बेला रोटि सम्भव हुँदैन। साथीभाईहरुसँग मिलेर १-२ पिस म:म, थोरै चाउमिन खाएर कन्ट्रोल गर्ने गरेकी छु।

खाजामा जे पायो त्यहि खाने बानी छैन, घरमा भएका बेलामा रोटि र सब्जी खान्छु। यसले स्वास्थ्यलाई फाइदा गर्छ। साथीभाइको लहलहैले ज्यानलाइ हानी गर्ने खानेकुरा खान भने म उत्साहित हुँदिन।

फलफुल र जुस 

बजारमा पाइने विभिन्न प्रकारका जुस खाने बानी छैन। घरमा रहेका बेलामा स्याउ, मेवा, अनारलगायतका फलफुल धेरै मात्रामा खाने गर्छु। घरबाहिर रहेका बेला फलफुलको जुस खान्छु। कोक, फेन्टा, स्लाइस र अरु विभिन्न प्रकारका रेडिमेड जुसहरु भने खाँदिन। स्वस्थ शरीरका लागि सफा तथा ताजा फलफुल अनिवार्य सेवन गर्नुपर्ने हुन्छ।

पर्याप्त आराम

दिनभरि थाकिएको हुन्छ, शरीरलाइ अनिवार्य आराम चाहिन्छ। मैले धेरैजसो मानिसलाई देखेकी छु, २४ सै घण्टा काम गर्ने। तर, यसो गर्नु स्वास्थ्यका लागि बेफाइदा हुन्छ। बिहान पाँच बजे उठ्ने गर्छु र साँझ ११ बजेसम्म सुत्छु। कम्तीमा ५-६ घन्टाको निन्द्रा पर्याप्त हुन्छ।

 

वर्षा सिवाकोटी

अभिनेत्री

Comments