Donate for Good Cause

प्रवासमा नेपाली गीतसंगीत प्रतिको मोह, नेपालीभाषी भुटानी गीतकार राजेशलाइ (भिडियो)

विदेशमा बसेर आफु नेपाली नै होइन भन्ने गराउनको लागि आफ्नो भेष, भाषा र देश बिर्सने काम धेरै नेपालीहरुले गरेको देख्न पाइन्छ। तर त्यस भिडमा पनि कोहि-कोहि यस्ता मानिस भेटिन्छन कि आफ्नो देश, कला र संस्कृतिसँग भने कहिले भाग्न नसक्ने र त्यसको कसरी जगेर्ना गर्न सकिन्छ भन्ने कुरामा लागि पर्ने व्यक्ति पनि सजिलै सँग भेटाउन सकिन्छ। त्यस्ता उदाहरण मध्ये एक हुन, हाल अमेरिका बासी तर नेपाली भाषी भुटानी राजेश अर्याल। बाध्यताले अमेरिका बस्नु परेपनि, अमेरिकन नागरिक भइसकेका अर्याल भने नेपाली भाषा र साहित्यबाट भने टाढा बस्न सकेका छैनन। उति नै औधी माया छ आफ्नो देश, कला, साहित्यको जति आफ्नो देश नेपाल हुँदा थियो।

सानै देखि कविता साहित्यमा रुची राख्नुको साथै लेख्दै आएका राजेश अहिले एक पछि अर्को गीत रेकर्ड गराईरहेका छन् । सबै चर्चित गायकहरुले राजेशको गीत गाइसकेका छन्। शिव परियार, प्रमोद खरेल, मेलिना राई, अंकित परियार, टंक बुढाथोकी, वि.वि अनुरागी, नवराज खड्का, भू.पु पाण्डे, पुरन पुन जस्ता अब्बल गायकहरुले राजेशको गीतमा निकै मिठो आवाज दिईसकेका छन्। “तिमीले मलाई धोका” बोलको गीत टेकेन लुङ्गालीको हौसलामा रेकर्ड गराएका थिए भने अहिले “सुन्न सकिन” बोलको अर्को गीत प्रमोद खरेल र मेलिना राईको छुट्टाछुट्टै आवाजमा पुरुष भर्सन र महिला भर्सन गरेर उनले बजारमा ल्याएका छन्। यि गीतहरुलाई आफ्नो “स्मृति” एल्बम भित्र समावेश गर्नेछन् जसमा आठवटा थप गीत गरि जम्मा दश वटा गीत रहने जानकारी दिएका छन्। यो एल्बमको सबै गीतहरुमा अहिलेका निकै चर्चित गायक गायिकाहरुको आवाज रहने कुरा पनि उनले जानकारी दिए।

कक्षा ८ मा पढ्दा चेलीबेटी संग सम्बन्धित कविता “छाउरीको बेहाल” बाट धेरै प्रेरणा बटुलेका उनि बिदेशी माटोमा टेकीरहँदा घरि मुटु बिझाउने र घरि आँखा रुझाउने गीतकार राजेश अर्यालको कविता, गीत उनको डायरी भित्रै सिमित छन्। देशलाइ सम्झदै कलम चलाएर लेखेका अक्षरहरु डायरी पल्टाउदै जाँदा बेलाबेलामा चलमलायर निस्कन खोज्ने समेत उनले प्रष्ट पारे र फुर्सदमा पनि आफ्नो सबै समय लेखन काममा नै व्यतित गरिरहेको कुरा साझा टिभीलाइ जानकारी गराए। बिशेष गरि मानविय संवेदना र प्रेमको वियोगान्त पाटोलाई आफ्नो सिजर्नामा जोड्न मनपराउने गीतकार राजेश अर्यालका रेकर्ड भएर रिलिज हुन बाँकी गीतहरुमा “आई लभ यु”, “तिमीलाई न्यानो माया”, “चोखो माया पनि बेकार भो” आदि रहेको छ।

यस्तै वि.वि अनुरागीको संगीतमा बजारमा आएको “आशु झरेन” बोलको मार्मिक गीतले पनि दर्शक श्रोताहरुको माया र साथ पाईरहेको छ । रचनाकार राजेश अर्यालले आफ्नो प्रेरणाको श्रोत टेकेन लुङ्गालीलाई मानेका र उहाँकै हौसलाले गर्दा नै आफु सांगीतिक माहोलमा अगाडी बढेको बताए । अब चाडै नै नेपाली चलचित्र क्षेत्रमा पनि पाईला राख्ने तयारीमा रहेको कुरा उनले प्रष्ट्याए । आफ्नो प्रतिभाको कदर भयो भने अवश्य पनि आफु नेपाली चलचित्र क्षेत्रमा आउने विश्वास उनले ब्यक्त गरे ।

आफ्नो एल्बम बनाउन सहयोग गर्नुहुने नेदरल्याण्ड, क्यानडा र अमेरिकाको विभिन्न राज्यका दुर्गा गिरी, देव राई, हर्क मगर, एन.बि खड्का, लक्षु क्षेत्री र कैलाश मगरलाइ हृदय देखि नै धन्यवाद ब्यक्त गरेका छन् । त्यस्तै ग्राफिक डिजाइनर सुमन मगर र गीतकार तथा मोडल दर्पण राईलाई पनि उनि हृदय देखि नै धन्यवाद दिन चाहन्छन। यस्तै उनले आफ्नो प्रस्तुति हेरेर सहि ढंगले मुल्यांकन गरि सल्लाह सुझाबको साथमा अगाडी बढ्नको लागि हौसला समेत प्रदान गरिदिनुहुनको लागि सम्पूर्ण नेपाली दर्शक श्रोताहरुलाई हार्दिक अनुरोध गरेका छन् ।

तलको चर्चित भिडियो राजेश अर्यालले लेखेका हुन्:

Comments