Donate for Good Cause

‘सुर्के थैली’ लाइ पछि पार्दै ‘कुटुमा कुटु’ (भिडियो सहित)

२५ भाद्र – नेपाली चलचित्रका गीतहरु धेरै नै लोकप्रिय बन्दै गएको छ र यसको गिन्ती थाहा पाउन पनि युट्युब निक्कै नै राम्रो माध्यम बनेको छ चलचित्र जगतमा। बास्तवमा पहिलेको भन्दा आजभोलिको नयाँ धारका चलचित्र र त्यसको गीत रुचाउने दर्शकहरु बढ्दै गएको देखिन्छ। नेपाली गीतको सफलता कै कारण पनि अनुमान लगाउन सकिन्छ कि कुन चलचित्रले कस्तो व्यापार गर्ला भनेर र यसैको सफलताले नेपाली चलचित्रको व्यापारमा धेरै गुणा फरक पारेको छ।

पछिल्लो समय नेपाली चलचित्रको गीतको सर्वाधिक हेरिएको चलचित्र ‘वडा नम्बर ६’ को ‘सुर्के थैली खै’ बोलको गीत थियो। धेरै लामो समय सम्म नै यो नेपाली चलचित्रको सुपरहिट र एकदमै युट्युबमा धेरै भ्युज भएको भिडियो थियो तर अब भने सुर्के थैली लाइ पछि पारेको छ अर्को चलचित्र कै गीतले। यो समाचार लेख्दा यस गीतको भ्युज २ करोड १९ लाख ७८ हजार भन्दा बढि भएको छ। यस्तैगरि चलचित्र ‘वडा नम्बर ६’ को गीत ‘सुर्के थैली’ को भने २ करोड लाख ३ हजार भन्दा बढि भएको छ। यी दुवै गीतलाइ संगीत भने एउटै व्यक्तिले दिएका थिए, ति हुन् राजनराज सिवाकोटी।

शुक्रवारदेखि मैदानमा उत्रिएको चलचित्र ‘२ रुपैयाँ’ ले भने शुक्रवार र शनिवार भने शानदार ओपनिङ्ग गरेको छ भने शनिवार भने यस चलचित्र व्यापार निकै आक्रामक रहयो। मल्टिप्लेक्स र सिंगल हलमा दर्शकहरुको ठुलो भिड थियो, प्रत्येक हप्ता राम्रा राम्रा चलचित्र रिलिज हुदै गएका छन् र सबै चलचित्र हाउसफुल गर्दै आफ्नो लगानी सजिलै संग उठाउन सफल भएका छन्। यस्तो व्यापारले गर्दा अहिले नेपाली चलचित्र क्षेत्रलाइ निक्कै ठुलो राहत र हौसला मिलेको छ।

भिडियो

Comments