Donate for Good Cause

चितवन राष्ट्रिय निकुञ्जको गैँडा मर्‍यो (रहस्य यस्तो)

२५ भदौ, चितवन । गैडा भन्ने बित्तिकै चितवन राष्ट्रिय निकुञ्ज नै याद आउछ। हो, चितवन राष्ट्रिय निकुञ्जको कछुवानी पोष्ट निरको दलदलमा फसेर निकुञ्जको एउटा पोथी गैँडाको मृत्यु भएको छ।

निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार, शनिवार बिहान एउटा पोथी गैडा दलदलमा फसेर मृत्यु भएको हो। जब त्यो दलदलमा गैडा फसेको फेला पर्यो, तब हात्तीको सहयोगमा त्यस गैडालाइ निकालिएको थियो र निकाल्दा खेरि नै गैडा शिथिल अवस्थामा भैईसकेको र बचाउन नसकेको पाठलले जनाए।

यहि साउन २४ मा दुइ भाले गैडा एकआपसमा लडेर एक गैडाको मृत्यु भएको थियो भने अहिले गएको सातामा आएको बाढी भित्र पस्दा त्यो स्थान दलदल भई गैडा फसेको कुरा निकुञ्जले जनाएको छ।

केहि न केहि कारणले गैडाहरु मर्नेको संख्या बढिरहेको छ र विभिन्न कारणले २५ गैडाको मरिसकेका छन्, चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। यस्तै भइ रह्यो भने गैडाको लोप हुने सम्भावना निक्कै उच्च छ, के यस विषयमा सम्बन्धित निकायको ध्यान छ त? रासस

Comments