Donate for Good Cause

ल्याप्टप किन्दै हुनुहुन्छ? यस कुरामा ध्यान दिनुहोला

Rate this post

भदौ २९ – सुचना प्रविधिको बढ्दो प्रयोगसँगै ल्याप्टप दैनिक जिवान्को अभिन्न अंग बनिसकेको छ। हाम्रो आवश्यकताअनुसार ल्याप्टपको आकार तथा टेक्नोलोजीमा पनि विविधता आइसकेको छ। सजिलै बोकेर हिड्न मिल्ने पोर्टेबल अल्ट्रा बुक, फुल एचडी ल्याप्टप तथा टचलगायतका सुविधा उपलब्ध छन्। कार्यालय वा घरैमा एकै स्थानमा धेरै बेर बसेर काम गर्नु छ भने ठुलो साइजको ल्याप्टप उपयुक्त हुन्छ। यस्तो ल्याप्टप भिडियो हेर्न तथा गेम खेल्न पनि उपयुक्त हुन्छ।

आजकल स्क्रिन टचवाला ल्याप्टप बजारमा आएको छ। यस्तो स्क्रिनाले फाल्ने रिफ्लेक्सनले आँखालाइ असर पुर्याउन सक्छ। त्यसैले धेरै बेर स्क्रिन हेर्नेले स्क्रिन टच ल्याप्टप नरोज्दा राम्रो हुन्छ।

अल्ट्रा बुक भनिने साना ल्याप्टप बोकेर हिड्न सजिलो हुन्छ। यसको स्क्रिन साइज १२.५ देखि १३.३ इन्चसम्म हुन्छ। यो स्लिम एण्ड लाइट हुन्छ। भिडियो हेर्ने तथा क्वालिटी स्क्रिन खोज्नेले फुल एचडी ल्याप्टप छनोट गर्दा राम्रो हुन्छ। यस्तो स्क्रिनमा पिक्चर नेचुरल क्लियर तथा भिडियो क्वालिटी राम्रो हुन्छ।

टाइप बढि गर्नुपर्ने मान्छेले किबोर्ड क्वालिटीमा ध्यान दिनुपर्छ। कतिपय किबोर्ड हिटले बिग्रने हुन्छ। त्यसैले सकेसम्म सफ्ट किबोर्ड रोज्नुपर्छ। अझ सोरुममा नै त्यसलाई चलाएर हेर्दा राम्रो हुन्छ। सजिलो नअड्कने खालको रोज्नुपर्छ।

अहिले अधिकांश ल्याप्टपमा कोर आइ ३, आइ ५, आइ ७ सिपियु आएको छ। पहिले पेन्टियम, डुअल कोर प्रचलनमा थियो। आफ्नो आवश्यकताअनुसार सामान्य काम गर्न आइ ३, अफिसियल प्रयोजनमा आइ ५ ठिक हुन्छ।

ल्याप्टपमा र्याम छनोटले पनि धेरै फरक पार्छ। सामान्य काम गर्नेलाई ४ जीबी क्षमताको र्याम भए पुग्छ। आवश्यकताअनुसार र्याम बढाउदै जान पनि सकिन्छ। तर, कतिपय ल्याप्टपमा र्याम बढाउन मिल्ने स्लट हुदैन। यस्तो विषयमा किन्दा नै ख्याल गर्नुपर्छ। कतिपयले ४ जीबीको भने पनि दुइवटा र्याम राखेर पुर्याएको हुन्छ। सकेसम्म एउटै ४ जीबीको छनोट गर्नुपर्छ।

अहिले कतिपय मोडेलका ल्याप्टपमा डिभिडि ड्राइभ नै जडान भएको हुँदैन। डिभिडि ड्राइभको आवश्यकता भए/नभएको ख्याल गरेर त्यस्तो मोडेल खरिद गर्नुपर्छ। ल्याप्टपमा कम्तिमा एउटा युएसबी ३ पोर्ट भए राम्रो हुन्छ। यसले कुनै पनि डाटा ट्रान्सफर गर्न सजिलो हुन्छ।

बिरियस सापकोटा

आइटी इन्जिनियर

Comments