Donate for Good Cause

लेहेंगा स्मार्ट एण्ड क्लासिक लुक्स

Rate this post

युवतीहरुको पहिरनमा अर्को रोजाइ हो लेहेंगा। विशेषगरि विवाह, पार्टीलगायतका कार्यक्रममा लेहेंगा लगाउन महिलाले बढि रुचाउँछन। सबै उमेर समुहका विवाहित तथा अविवाहित महिलालाई सुहाउने कारण पनि लेहेंगा धेरैको रोजाइमा परेको हो।

हेर्दा सारीजस्तो देखिए पनि लगाउन निकै सजिलो र छिटो हुने कारण लेहेंगा लगाउने प्रचलन बढ्दो छ। वेस्टर्न ड्रेसमा नेपाली लुक्सलाइ पनि मिश्रण गरेर बनाइएका फ्युजन लेहेंगामा युवा पुस्ताको आकर्षण बढेको देखिन्छ।

लेहेंगा लगाउन सजिलो मात्र नभई स्मार्ट पनि देखिने भएकाले युवतीहरुले विशेष कार्यक्रममा पहिरिन रुचाउँछन्। विशेष कार्यक्रममा अन्यभन्दा फरक लुक्स देखिन चाहने तथा ड्रेसअपमा बढि सचेत हुनेहरुका लागि लेहेंगा उपयुक्त पहिरन हो। यो पहिरन उच्च वर्गदेखि मध्यम तथा निम्न वर्गका महिला तथा टिनेजरहरुले पनि यो पहिरन बढि रुचाएको पाइन्छ।

विशेषगरि वैवाहिक समारोह, पार्टी तथा अन्य विभिन्न औपचारिक कार्यक्रम जमघटहरुमा युवतीहरुले लेहेंगा लगाउँदा आकर्षक देखिन्छ। यस्ता कार्यक्रममा स्मार्ट तथा क्लासिक लुक्स दिन लेहेंगा उपयुक्त पहिरन हो।

गर्मी मौसममा निलो, सुन्तला कलर, सेतोजस्तो लाइट कलरका लेहेंगा उपयुक्त हुन्छ। यी कलरका पहिरन जुनसुकै उमेर र वर्णका महिलालाइ सुहाउँछ। पातलो शरीर हुनेहरुलाई लेहेंगा बढि सुहाउँदो देखिन्छ। उचाइ बढि छ भने पनि लेहेंगाले सुन्दरता बढि निखार्छ। ५ फिट २ इन्चभन्दा बढि हाइट हुनेले वानपिस लगाउनु पनि राम्रो हुन्छ।

लेहेंगासंगै कानमा रिङ लगाउँदा निकै ध्यान दिनुपर्छ। त्यस्तै, घाँटीमा नेक्लेस लगाउँदा पनि निकै आकर्षक देखिन्छ। शारीरिक वनावटअनुसार कपालको स्टाइल बनाउन सकिन्छ। अनुहार मोटो हुनेलाई कपाल माथि लगेर जुरो बनाउँदा म्याच गर्छ। मोटो शरीर हुनेले अलि हाइट हिल स्याण्डल लगाउनुपर्छ। पातलो शरीर हुनेलाई कपाल छोड्दा आकर्षक देखिन्छ।

राजेश धारुवा
फेसन डिजाइनर
आर डि चाहत बुटक, दरबारमार्ग

Comments