Donate for Good Cause

​कांग्रेसी लठैत बिमलेन्द्र निधी नेपालको लालु प्रशाद यादब हो

Rate this post

दीपक मनराल

अहिले प्रदेश नं. मा तेश्रो चरणमा हुन् गैरहेको स्थानीय निर्बाचनको पुर्ब सन्ध्यामा त्यहि प्रदेशमा बस्ने नेपाली कांग्रेसको छाउरे र लठैत “नेता” बिमलेन्द्र निधीले एउटा फासिस्ट ब्यबहार देखाएको छ। उसको त्यो फासिस्ट ब्यबहार अनुसार उसले (निधी) ले आफ्नो नगरपालिका छेत्रमा बसोबास गरिरहेका एमाले समर्थकहरू, कार्यकर्ताहरू र स्थानीय नेताहरूलाई निर्बाचन सम्पन्न नभएसम्मको अबधीको लागि आ-आफ्नो घरबाट निस्कन नपाउने र/वा गाउँ नै छोडेर जानु पर्ने भन्ने जस्तो अत्यन्त गैह्र-प्रजातान्त्रिक र गैह्र-मानाबीय औपचारिक आदेश जारी गरेछ  र गराएछ भन्ने खबर पढ्नमा अाएको छ। त्यो उर्दी उ आफैले, उसका कार्यकर्ताहरूले र प्रहरीहरूका मुखबाट जारी गराएछ ।

ठिक यहि किसिमको ब्यबहार बिगतमा भारतको बिहार प्रान्तको पुर्ब मुख्य मंत्री लालु प्रशाद यादबले अपनाएको थियो। लालु यादब एउटा अनपढ लठैत थियो, जो आफ्ना पेशेवर अपराधी रहेका कार्यकर्ताहरूका भरमा चरम गुण्डागर्दी, आतंक र पैशाको भरमा मात्र राजनिती गर्थ्यो। तर, उसको त्यो राजनिती धेरै बर्षसम्म चलेन। अन्तत: लालु यादब राजनितीबाट पाखा लाग्न पुग्यो।

अहिले नेपालमा नेपाली कांग्रेस नामको एउटा भारतीय कमारा जमातको भुरे र छाउरे नेता बिमलेन्द्र निधीले एमालेका बिरुद्ध यहि लालु प्रशाद यादबको कार्यशैली र ब्यबहार लागु गर्दै छ। यो निधी भनिने जन्तु त्यो अनपढ लालु यादब भन्दा कम अपराधी छैन भन्ने तथ्य यसले हालैका केहि महिनाहरू यता गरेको र देखाएको अत्यन्त फासिस्ट ब्यबहारहरूबाट प्रमाणित हुन्छ।

एउटा नेपालीले निर्बाचनमा आफ्नो मत दिन पाउने संबिधानले दिएको अधिकार उपयोग गर्न नपाउने, एउटा नागरिकको नाताले आफ्नो घरमा बस्न नपाउने र सामान्य हिड़डुल समेत गर्न नपाउने आदेश जारी गर्ने र गराउने कु-कार्यलाई सामान्य ब्यबहार र घटनाको रुपमा देशको कुनै पनि बिबेकशिल नागरिकले स्विकार्न सक्दैन। यस्ता ब्यबहार र शैली भनेको बिगतमा जर्मनीमा हिटलर र ईटलीमा मुसोलिनीहरूले आफ्ना बिरोधीहरूका बिरुद्ध लागु गरेका आचरणहरूकै नेपाली संस्करण हो। यस्तो समाचार प्रकाशित हुँदा समेत देशको निर्बाचन आयुक्तहरूले र मानब अधिकारबादीहरूले कुनै बिरोधको स्वर निकाल्न नसक्नु भनेको बडा रहश्यमय र चिन्ताजनक स्थिती हो। यी सबैले नेपालमा फासिवाद (Fascism) को मौन समर्थन गर्दै एमाले र नेपाली जनताको बिरुद्ध घोर अपराधमा अप्रत्यछ्य रुपमा सहभागी हुनु नै हो। यहाँसम्म कि खुद सरकारी कथित मानब अधिकार आयोग समेत रहश्यमय रुपमा मौन छ। ए पामर मानब अधिकारे भातेहरू हो, नेपाली जनताले दिएको करबाट तलब र भत्ता निर्लज्ज रुपमा किन खाईरहेका छौ, हँ ? राजिनामा दिएर जाउ त ! काला गए गोरा आउँछन् नि !!

यसरी, नेपालमा अब नेपाली कांग्रेस नामको भारतीय कमाराहरूको झुण्डबाट बिमलेन्द्र निधी नामको नेपाली लालु प्रशाद यादब जन्मिएको तथ्य प्रष्ट भयो।

दीपक मनराल

सेप्टेम्बर १७, २०१७

Comments